दफा २७
बढुवाको लागि संभाव्य उम्मेदवार हुन नपाउने
(१) दफा २६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहायको अवधि भर कर्मचारी बढुवाको लागि संभाव्य उम्मेदवार हुन पाउने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तलब बृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(घ) ………
(ङ) प्रचलित कानुन बमोजिम गठन भएको स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्बाट नाम दर्ता निलम्बन भएको कर्मचारी त्यस्तो निलम्बनको अवधिभर ।
(ङ१) असाधारण विदामा बसेका अवधिभर,
(च) दफा ४५ को उपदफा (२) बमोजिम थप भएको सेवा अवधिभर ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारी बढुवाको सूचना प्रकाशन भइसके पछि सोही उपदफाको खण्ड (क) र
(ङ) बमोजिम निलम्बन भएमा वा खण्ड (ख) वा (ग) बमोजिम बढुवा रोक्का वा तलब वृद्धि रोक्का भएमा त्यस्तो अवधिभर निजको बढुवा नियुक्ति रोक्का गरिनेछ र सो अवधि समाप्त भएपछि निज निलम्बन वा रोक्का नभए सरह मानी बढुवा नियुक्ति दिई जेष्ठता मात्र कायम गरिनेछ ।